SEE Result 2082

२०७४ मा प्रकाशित सूचना अनुसार नै कक्षा ११ मा भर्ना गराउन निर्देशन

राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बागमती प्रदेशले कक्षा ११ मा भर्नाका लागि सबै विदालयलाई सर्तसहित निर्देशन दिएको छ ।

बोर्डले २०७४असोज २ मा प्रकाशित सूचना अनुसार नै कक्षा ११ मा भर्नाका आधार भएका हुनाले सोहि अनुसार गर्न गराउन  निर्देशन दिएको हो  ।

बोर्डको प्रदेश कार्यालयले साधारण शिक्षातर्फ कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्यूनतम औसत ग्रेड प्वाइंट  १.६ प्राप्त गरी कक्षा १० मा अध्ययन गरेका अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा सी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्ने, कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय बाहेक अन्य विषय अध्ययन गर्न न्यूनतम औसत ग्रेड प्वाईंट  १.६ प्राप्त गरेको हुनुपर्ने हुँदा सबै क्याम्पस तथा विद्यालयलाई सोही अनुसार गर्न गराउन सनर्देशन दिएको छ ।

 

+2 School
Counseling
Bachelors Portal