थप पाठ्यसामग्री भदौ मसान्तभित्र दर्ता गरिसक्नु पर्ने

पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि १२  को  थप पाठ्यसामग्री तथा डिजिटल सामग्री मूल्याङ्कनको लागि  भदौ मसान्तभित्र पेस गरिसक्न पुनः निर्देशन दिएको छ ।

पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७६ को दफा २५ अनुसार शैक्षिक सत्र २०८० देखि लागु हुने विद्यालय तहका थप पाठ्यसामग्री तथा डिजिटल सामग्री स्वीकृत गर्न चाहने प्रकाशक तथा लेखकहरूलाई निर्देशन दिएको हो ।

निर्धारित मितिमा नै पाठ्यसामाग्री दर्ता  निर्धारित मितिभन्दा पछाडि दर्ता हुन आएका पाठ्यसामाग्री दर्ता गर्न  केन्द्र बाध्य नहुने केन्द्रले आज निर्णय गरेको सूचनामा उल्लेख गरेको छ ।

+2 School
Counseling
Bachelors Portal