SEE Result 2082

दलको निर्देशनपछि प्राध्यापकहरूको महाधिवेशन स्थगित

अध्यक्ष र महासचिवले छुट्टा छुटटै महाधिवेशन आव्हान गरेपछि प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन स्थगित गरिएको छ । नेपाली काङ्ग्रेस निकट प्राध्यापकहरूको महाधिवेशनमा प्रतिनिधि चयनलगायतका विषयमा विवाद देखिएपछि पाटीको निर्देशनमा महाधिवेशन स्थगित भएको हो ।

आज र भोलि काठमाडौँमा आयोजना गर्ने भनिएको सो महाधिवेशनका लागि तयारी पूरा भए पनि एक समूहले क्याम्पस इकाइ समितिका सभापति एवं महाधिवेशन प्रतिनिधिलाई फर्जी भनेपछि महाधिवेशन स्थगित गरिएको सङ्घका अध्यक्ष जगत तिमिल्सिनाले जानकारी दिए ।

प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना पक्षले बोलाएको महाधिवेशनको विरुद्धमा महासचिव राजेन्द्र गौतम पक्षले समानान्तर महाधिवेशन बोलाएपछि दुवै पक्षले महाधिवेश स्थगित गरेको जनाएका छन् ।

संस्थापन पक्षले प्रज्ञा भवनमा महाधिवेशन बोलाएको थियो भने अर्को पक्षले कीर्तिपुरमा महाधिवेशन बोलाएको थियो । संस्थापन पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर महाधिवेशन गर्न लागेको थियो । प्राध्यापक संघका पूर्व अध्यक्ष वासु घिमिरेको अगुवाइमा हुन लागेको संस्थापनइतरको महाधिवेशनमा भने प्रमुख अतिथिमा महामन्त्री गगन थापा हुने बताइएको थियो ।

विवादका कारणले प्राध्यापक संघ देउवा र थापा पक्षमा टुक्रिने अवस्थामा पुगेपछि अध्यक्ष तिमिल्सिनाले विज्ञप्ति निकालेर महाधिवेशन स्थगित गरे लगत्तै महासचिव गौतमले पनि स्थगित भएको विज्ञप्ति जारी गरेका छन् ।

+2 School
Counseling
Bachelors Portal