SEE Result 2082

विद्यालयको भवन निर्माणपछि प्राविधिक परामर्शका लागि केन्द्रले शुल्क तोक्यो

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भवन निर्माण सम्पन्न भइसकेपछि गरिने प्राविधिक परार्मशका लागि शुल्क निर्धारण गरेको छ ।

दुई कोठे तथा चार कोठे विद्यालय भवन निर्माणको हकमा हिमाली तथा पहाडी जिल्लामा प्रति विद्यालय भवनको रु. ५२२० तथा तराईका जिल्लामा प्रति विद्यालय भवनको रु. ४२६१.२० पैसा रकम निर्धारण गरेको छ ।

दुई कोठे तथा चार कोठे विद्यालय भवन निर्माणको हकमा बाहेक अन्य निर्माण कार्यको हकमा (शौचालय निर्माण, मर्मत संभार तथा बाह्य वातावरण सुधार आदि) एउटै विद्यालयमा रु। पाँचलाख भन्दा कम लागत अनुमानको भए दुई वा सो भन्दा बढी विद्यालयको निर्माण कार्य समेत समावेश गरी न्यूनतम रु। पाँचलाखको लागत अनुमान कायम गरी गर्न सकिने आर्थिक प्रशासन शाखााका उपसचिव विनोद गेलालले बताए ।

 

+2 School
Counseling
Bachelors Portal