SEE Result 2082

२०७८ को एसईईमा उमेरको थ्रेसहोल्ड कायम नहुने

शैक्षिक सत्र २०७८ देखिको माध्यमिक शिक्षाको कक्षा १० को परीक्षा (एसईई) मा १४ वर्षको उमेरका थ्रेस होल्ड कायम नगर्ने गरी  शिक्षा ऐन, २०२८ को दफा ४ ज को उपदफा (१) बमोजिम कार्यान्यवन गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।

गत चैत्र २ गतेको मन्त्रीस्तरबाट निर्णय अनुसारलाई यस्तो निर्देशन दिइएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज बोर्डलाई पत्राचार गरी शिक्षा ऐन, २०२८ को दफा २ को खण्ड (ध) र (छ), शिक्षा नियमावारी २०४९ को नियम ७८ को उपनियम र नियम ८२ मा  पछि नयाँ व्यवस्था  नयाँ मापदण्ड बनेपछि सोही अनुसार हुने गरी शैक्षिक सत्र २०७८ मा उमेरको थ्रेस होल्ड कायम नगर्ने गरी  कार्यान्वयन गर्न शिक्षा ऐन २०२८ को ४(ज) को उपदफा (१) बमोजिम बोर्डलाई निर्देशन दिएको पत्रमा उल्लेख गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal