SEE Result 2082

विद्यालय भवन बनाउने सम्झौता

गोरखा, २ पुस (रासस) ः गोरखाको बारपाक सुलीकोट गाउँपालिका–४ मा एक करोड ७९ लाख २१ हजार सहयोगमा विद्यालय भवन बन्ने भएको छ । गोरखा वेलफेयरको आर्थिक सहयोगमा सौरपानीमा रहेको हिमालय माध्यामिक विद्यालयको भवन निर्माण हुनलागेको हो । 

भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको उक्त विद्यालयमा सुविधासम्पन्न आठकोठे भवन निर्माणका लागि गोरखा वेलफेयर र विद्यालय व्यवस्थापन समितिबीच सहमतिपत्रमा हस्ताक्षर भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुजन गुरुङले जानकारी दिनुभयो । “वेलफेयरले पहिले पनि १२ कोठाको विद्यालय भवन निर्माण गरिदिएको थियो, तर माध्यामिकस्तरको विद्यालय भएकाले कक्षा सञ्चालन गर्न कक्षाकोठाको अझै अभाव भएपछि उहाँहरूले पुनः भवन बनाइदिने सम्झौता गर्नुभएको हो”, अध्यक्ष गुरुङले भन्नुभयो । 

सहमतिपत्रमा वेलफेयरका तर्फबाट गोरखा वेलफेयर सेन्टर एरिया वेलफेयर अफिसर श्रीप्रसाद तामाङ, गोरखा वेलयफेयर सेन्टरका इञ्जिनीयर थलबहादुर रानाले हस्ताक्षर गर्नुभएको छ भने विद्यालयका तर्फबाट व्यवस्थापन समितिका अध्यक्ष सुजन गुरुङले हस्ताक्षर गर्नुभएको छ । 

आगामी छ महीनाभित्रमा भवन निर्माणको काम पूर्णरूपमा सम्पन्न गर्ने सम्झौता भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

+2 School
Counseling
Bachelors Portal