२४ घण्टा भित्र बढाएको शुल्क फिर्ता लिन अखिलको चेतावनी

इन्जिनियरिङ अध्ययन संस्थानले बीई र बीआर्कको शुल्क बढाएको भन्दै विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन्।

उनीहरूले विज्ञप्ति जारी गर्दै तत्काल बढाइएको शुल्क फिर्ता लिन आग्रह गरेका छन्। २४ घण्टाभित्र बढाएको शुल्क फिर्ता नलिए चर्को आन्दोलन गर्ने उनीहरूले चेतावनी समेत दिएका छन्।

अनेरास्ववियुले बढाएको शुल्क तत्काल फिर्ता लिनुपर्ने माग राखेको छ। अध्यक्ष समिक बडालले बढाएको शुल्क फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए।

 

+2 School
Counseling
Bachelors Portal