SEE Result 2082

हल्दीबारीका सबै विद्यालय अर्को सूचना नभएसम्म बन्द

हल्दीबारी गाउँपालिका झापाले प्रतिकूल मौसमका कारण अर्को सूच्ना जारी नभएसम्मका लागि सबै विद्यालयको पठनपाठन बन्द गर्ने भएको छ ।

अविरल वर्षाका कारण गाउँपालिका क्षेत्रभित्रका अधिकांस पुलपुलेसा तथा बाटो घाटो डुबानमा परी आवतजावत गर्ने कार्यमा समेत अवरोध सृजना भएकाले गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो।

विद्यार्थी एवम् अभिभावक र सवै सरोकारवालाको सुरक्षालाई ध्यानमा राखी आजका मिति देखि अर्को सूचना जारी नभएसम्मका लागि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको पालिकाले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal