SEE Result 2082

त्रिविका सबै क्याम्पस भोलिदेखि १५ गतेसम्म बन्द गरिने

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस कार्यालयहरु भोलिदेखि १५ गतेसम्म बन्द हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा आज एक सूचना जारी गरी देशका विभिन्न ठाउहरुमा कोभिड १९ को संक्रमण बढ्दै गएकोले सेवाग्राही र शिक्षक कर्मचारीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी त्रिवि अन्तर्गतका अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोके बमोजिम सेवा सन्चालन गर्ने र त्रिवि अन्तर्गतका सबै क्याम्पस कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

त्रिविका सबै पदाधिकारी, शिक्षक, कर्मचारीहरु आ-आफ्नो निकाय प्रमुखसंग सम्पर्कमा रही सुरक्षित रुपमा घरबाटै कार्य सम्पादन गर्ने तथा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट कक्षा कार्य सञ्चालनको व्यवस्था सम्बन्धित क्याम्पस, कार्यालयप्रमुखले मिलाउने महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । त्रिविले अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नहुने र बढी जनसम्पर्क हुने प्रकृतिका कार्यहरु स्थगित गर्ने भएको छ ।

 

+2 School
Counseling
Bachelors Portal