SEE Result 2082

त्रिविका सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले पुनः सेमेस्टर प्रणालीको सबै परीक्षाहरु स्थगित गरेको छ। विश्वविद्यालयको मेडिकल, विज्ञान, व्यवस्थापन,इन्जिनियरिङ, लगायतका सबै डिन कार्यालयहरुले छुट्टाछुट्टै सूचना प्रकाशित गरी परीक्षा स्थगित गरेका छन् ।

सेमेस्टर प्रणालीका त्रिविका करिब दुइ लाख विद्यार्थी गत चैत्रदेखि परीक्षाको पर्खाइमा रहेका छन्। कोभिड–१९ को संक्रमण बढ्दै गएपछि परीक्षा संचालन गर्न सक्ने अवस्था नरहेको व्वस्थापन संकायका सहायक डीन डिन ध्रुबकुमार गौतमले बताए।

सरकारले गत साउन ११ गते लकडाउन अन्त्यको घोषणा गरेसंगै सेमेस्टर प्रणाली सञ्चालन भएका सबै परीक्षा भदौ दोस्रो हप्ताबाट सुरु गरेर दशैं अगाडि सक्ने निर्णय गरेको थियो । त्रिविले प्राध्यापक सुवर्ण शाक्यको संयोजकत्वमा गठन गरेको परीक्षा संचालन तथा व्यवस्थापन समितिले दिएको सुझाव अनुसारै सेमेस्टर प्रणालीका परीक्षाहरु भौतिक उपस्थितमै भदौ दोस्रो सातादेखि संचालनको निर्णय गरेको हो। तर संक्रमण बढ्दै गएपछि विद्यार्थीको भौतिक उपस्थितमा परीक्षा संचालन असंभव देखिएकोले सबै परीक्षाहरु स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज एक सूचना जारी गरी जानकारी दिएको छ ।

डीन र पदाधिकारीहरुको छलफलले परीक्षाका विभिन्न विकल्पहरुबारे छलफल गरेपटि परीक्षाको अन्य विकल्पहरु अनलाइन, ओपन बुक र आन्तरिक मूल्यांक र भाइवा भन्दा भौतिक उपस्थित नै प्रभावकारी देखिएको भन्दै परीक्षा मिति सार्वजनिक गरेको थियो ।

त्रिविले हिजो अत्यावश्यकीय काम बाहेक सबै काम बन्द गर्ने निर्णयसंगै पनिकाले आज सबै परीक्षा स्थगित गरेको हो । त्रिविको स्नातकका पहिलो, तेस्रो, पाँचौं र सातौ सेमेस्टरको परीक्षा हुन सकेको छैन भने स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेस्टरको परीक्षा गत चैत्रदेखि स्थगित हुँदै आएको छ ।

+2 School
Counseling
Bachelors Portal