SEE Result 2082

परम्परागत सीप र पढाइ सँगसँगै

तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौर स्थित भानु माध्यमिक विद्यालयले स्थानीयस्तरका परम्परागत सीप र पढाइलाई सँगसँगै सिकाउँदै आएको छ ।

दिनभरिको पढाइबाट थकित हुने विद्यार्थीलाई तनावमुक्त बनाउन अन्तिममा विभिन्न किसिमका मनोरञ्नात्मक र सीपमूलक शिक्षा दिन थालिएको छ । विद्यालयले सिक्दै पढ्दै अभियानअन्तर्गत गायन वाद्यबादन, नृत्य, चित्रकला, हस्ताकला, वक्तृत्वकला, बाबियाँको डोरी बाट्नेलगायतका कार्यलाई प्राथामिकता दिन थालेको हो ।

करिब एक हप्ताअघिदेखि पढाइको साथसाथै सीपमूलक शिक्षा प्रदान गर्न थालेपछि अभिभावकसमेत खुसी हुन थालेको विद्यालयका शिक्षक बुद्धिबहादुर बरालीले जानकारी दिए। घोकन्ते शिक्षाको तुलनामा व्यवहारिक शिक्षा प्रभाबकारी बन्दै जाँदा विद्यालयका शिक्षक पनि उत्साहित भएर सिकाउन लागेको उनले बताए ।

कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई आफ्नो रुचिको विषय क्षेत्र छुट्टाएर सिक्न लगाइएको प्रधानाध्यापक प्रेमबहादुर दरैले जानकारी दिए । विद्यालयमा हाल डेढ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।

स्थानीयस्तरका सीप विस्थापित बन्दै गएको अवस्थामा यस किसिमको शिक्षाले संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । आफ्ना छोराछोरीलाई अभिभावकले सिकाउनुपर्ने दायित्व भए पनि त्यो हुन नसक्दा विद्यालयले पहलकदमी थालेको हो ।

स्थानीयस्तरका सीप लोपोन्मुख हुने अवस्थामा पुगेकाले संरक्षण गर्दै सीप हस्तान्तरण गर्ने योजना रहेको प्रअ दरैले बताए । शिक्षक पुरन गुरुङले विद्यार्थीलाई प्रशिक्षण दिँदै आएका छन् ।

+2 School
Counseling
Bachelors Portal