एक शिक्षण संस्था एक उद्यम कार्यक्रमका लागि प्रस्ताव माग (कार्यढाँचा सहित)

राष्ट्रिय युवा परिषदले प्राविधिक तथा व्यावसायिक धार सञ्चालित वा नमुना सामुदायिक माध्यमिक विद्यालयहरूलाई एक शिक्षण संस्था एक उद्यम कार्यक्रमकालागि प्रस्ताव माग गरेको छ ।

चालू आर्थिक वर्षमा परिषद्को स्वीकृत वार्षिक कार्यक्रम अनुसार इच्छुक विद्यालयलासंग माग गरेको हो ।

परिषद्ले एक सूचना जारी गरी प्राविधिक तथा व्यावसायिक धार सञ्चालित वा नमुना विकासका लागि छनोट भएका सामुदायिक माध्यमिक विद्यालयहरूले एक शिक्षण संस्था एक उद्यम कार्यक्रम कार्यान्वयन कार्याढाँचा, २०७८ बमोजिम असोज २३ गते भित्र प्रस्ताव पेश गर्न सूचित गरेको छ ।

उद्यम सञ्चालन सम्बन्धमा स्थानीय तहको सिफारिस, विद्यालय व्यवस्थापन समितिको प्रतिबद्धता, उद्यमी विद्यार्थी क्लब गठन भएको निर्णयको प्रतिलिपि र उद्यम कोष स्थापना भएको प्रमाण सहित प्रस्तव पेश गर्नु पर्ने सो सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै पूर्व विद्यार्थी मञ्च गठन भएको निर्णयको प्रतिलिपि र पदाधिकारीहरूको विवरण, पछिल्ला तीन शैक्षिक सत्रको शैक्षिक उपलब्धि विवरण, पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि सहतिको प्रस्ताव माग गरेको हो ।

कार्यान्वयन कार्यढाँचामा निर्धारित मूल्याङ्कनका आधार बमोजिम प्रत्येक प्रदेशबाट एकरएक र संघबाट एक गरी आठ वटा विद्यालय छनोट गरिन छ । छनोट भएका विद्यालयले बीउ पुँजीका रूपमा रु. ७ लाख रुपियाँ अनुदान पाउनेछन्। प्राविधिक तथा व्यावसायिक धाररशिक्षा लाग भएका नमुना सामुदायिक माध्यमिक विद्यालयलाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख गरिएको छ ।

विस्तृत जानकारीका लागि

एक शिक्षण संस्था एक उद्यम कार्यक्रम कार्यान्वयन कार्याढाँचा, २०७८

 

Degrees offered in nepal
Counseling
Bachelors Portal