SEE Result 2082

प्राविमा दरबन्दी अनुसार शिक्षक नियुक्तिका लागि सिफारिस नहुने संकेत, माग अनुसार उम्मेदवार उत्तीर्ण भएनन्

शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक लिखित परीक्षाको तीन जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले अहिले सार्वजनिक गरेको नतिजा अनुसार तीनै जिल्लामा माग संख्या अनुसारका उम्मेदवार भने उत्तीर्ण हुन सकेनन् ।

आयोगले तेह्रथुम, ताप्लेजुङ र झापा जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा उम्मेदवार भने माग संख्या अनुसार अन्तर्वार्ताका लागि सिफारिस हुन नसकेका हुन् ।

आयोगले अहिले सार्वजनिक गरेको नतिजा अनुसार तेह्रथुममा समावेशी तर्फको दरबन्दी माग संख्या ५६ र खुला तर्फ १३ गरी जम्मा ६९ रिक्त दरबन्दीमा शिक्षक छनोटका लागि लिएको विषयगत लिखित परीक्षामा ३७ जना मात्र अन्तर्वार्ताका लागि सिफारिसमा पर्न सफल भएका छन् । सो परीक्षाका लागि सामान्य परीक्षाबाट उत्तीर्ण भएका ५६ जना उम्मेदवार सम्मिलित भएका थिए ।

त्यसैगरी आयोगले केही समय अघि सार्वजनिक गरेको नतिजा अनुसार ताप्लेजुङमा खुला तर्फ ३३ र समावेशी कोटातर्फ ८७ रिक्त दरबन्दीका लागि लिइएको परीक्षामा ७९ जना मात्र उत्तीर्ण भएका छन् । सो परीक्षामा १०५ जना उम्मेदवार सहभागी भएका थिए ।

त्यस्तै अहिले सार्वजनिक भएको झापा जिल्लाको नतिजा अनुसार खुला तर्फ ३८ र समावेशी कोटा तर्फका३७ गरी ७५ रिक्त दरबन्दीमा शिक्षक नियुक्तिका लागि लिइएको प्रतियोगितात्मक परीक्षाबाट अन्तर्वार्ताका लागि १०९ जना सिफरिस भएका छन् ।

+2 School
Counseling
Bachelors Portal