SEE Result 2082

कक्षा ११ को बार्षिक परीक्षा जेठ ९ गतेदेखि सञ्चालन हुने (समयतालिका सहित)

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आगामी जेठ २ गते देखि १८ गते सम्ममा कक्षा ११ को परीक्षा सञ्चालन गर्नेगरी समयतालिका सार्बजनिक गरेको छ ।

साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरू (रजिष्ट्रेशन नम्बरका शुरुका दुई अङ्क ७२÷७३÷७४÷७५÷७६ भएका) को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको हो ।

सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । परीक्षामा सहभागी हुने परीक्षार्थीहरुको परीक्षा केन्द्र विद्यार्थीको संख्याका आधारमा एउटा जिल्लामा न्यूनतम एक केन्द्र हुनेगरी जिल्ला सदरमुकाम वा पायक पर्ने स्थानमा कायम गरिने बोर्डले जनाएको छ ।

बोर्डले सञ्चालन गरेको परीक्षामा फेल भएका विद्यार्थीहरुका लागि मात्र परीक्षा तालिका सार्वजनिक गरेको हो । अहिले कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्छ । तर परीक्षा बोर्डले परीक्षा सञ्चालन गर्दा निर्धारित ग्रेड हासिल गर्न नसकेका विद्यार्थीका लागि मात्र तालिका सार्वजनिक गरेको बोर्डले जानकारदियो ।

बोर्डका अनुसार उक्त कक्षाको नियमित तर्फको रजिष्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ८० हुन्छ । रजिष्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७७–७८–७९ भइ परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका परीक्षार्थीहरुको कक्षा ११ को वार्षिक परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुबाट प्राप्त हुने सिम्बोल नम्बरका आधारमा सम्बन्धित विद्यालयले आ–आफ्नै विद्यालयमा सञ्चालन गर्न बोर्डले सूचित गरेको छ ।बोर्डले आज जारी गरेको सूचनामा नियमित तर्फको कक्षा ११ को परीक्षा जेठ १५ गतेदेखि असार १५ गतेभित्र सम्बन्धित विद्यालयले नै सञ्चालन गर्नुपर्नेछ । विद्यालयहरूले आफ्नो अनुकूलतामा परीक्षा सञ्चालन गरी मूल्याङ्कन, नतिजा प्रकाशन एवं ग्रेडसिट प्रदान गर्नपर्ने सूचनामाउल्लेख छ ।

+2 School
Counseling
Bachelors Portal