SEE Result 2082

५० औँ दीक्षान्त समारोहका लागि आवेदन दिने म्याद थप

त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहका लागि कार्तिक १० गतेभित्र आवेदन दिन सक्ने भएको छ ।

त्रिवि परीक्ष नियन्त्रण कार्यालयले आज एक सूचना जारी गर्दै आवेदन दिने म्याद थप गरेको हो ।

 पहिलो सूचना अनुसार असोज २३ गतेसम्म फाराम भर्ने म्याद भएकोमा अब कात्तिक १० गतेसम्म भर्न सकिने भएको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले दशैं विदाको कारण केही विद्यार्थीले आवेदन फाराम भर्न नपाएको गुनासो गरेपछि म्याद थप गरिएको बताएको छ।

सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूले  आवेदन फाराम भर्न पाउने सूच्नामा उल्लेख गरिएको छ  ।

२०८० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधि भित्र विद्यावारिधि (पिएचडी)तह पूरा गर्नेहरूले ५० औं दीक्षान्त समारोहमा सहभागी हुनका  लागि आवेदन दिन सक्ने सूच्नामा उल्लेख गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal