आवश्यक विद्यार्थी नपाएपछि सीटीईभीटीद्वारा आवेदन माग

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको स्वीकृत कार्यक्रममा आवश्यक विद्यार्थी नपाएपछि पुनः प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ ।

पूर्ण शुल्कीय तर्फ फार्मेसी, सामान्य चिकित्सा र नर्सिङ बाहेकका स्वस्थ्य कार्यक्रमहरुमा पुन प्रवेश परीक्षा सञ्चालन गर्न सीटीईभीटीले आवेदन माग गरेको हो ।

शैक्षिक सत्र २०७९–८० मा सञ्चालन गरिने प्रमाणपत्र तहका डिप्लोमा इन फार्मेसी, प्रमाणपत्र तह सामान्य चिकित्सा र प्रमाणपत्र तह नर्सिङ बाहेकका स्वस्थ्य तर्फका कार्यक्रमहरुमा पूर्ण शुल्कीयतर्फ आवश्यक विद्यार्थीले आवेदन नदिएक पछि  पुनः प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ ।

 

+2 School
Counseling
Bachelors Portal