SEE Result 2082

भारतीय दुतावासद्वारा छात्रवृत्तिका लागि आवेदन माग (सूचना सहित)

महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि आवेदन माग गरिएको छ ।

भारतीय राजदूतावासले सो योजनाका लागि नेपालमा अध्ययनरत नेपाली विद्यार्थीबाट कार्तिक २१ देखि मंसिर २१ गतेसम्म आवेदन माग गरेको हो ।

आवेदकले आवेदनका लागि काठमाडौंस्थित भारतीय राजदूतावासको शिक्षा प्रभाग वा वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतको कार्यालयबाट आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

आवेदकले आवेदन फाराममा आफ्नो नाम, ठेगाना, टेलिफोन÷मोबाइल नम्बर तथा इमेल ठेगाना स्पष्टसँग उल्लेख गर्नुपर्ने लगायतका सर्त रहेका छन् ।

हात्मा गान्धी छात्रवृत्ति योजना २०२३–२४ का लागि आवेदक नेपालको कुनै पनि मान्यता प्राप्त शैक्षिक संस्थामा अध्ययनरत कक्षा ११ को नियमित विद्यार्थी हुनुपन, प्रधानाध्यापक वा शैक्षिक संस्थाको प्रमुखद्वारा प्रमाणित कक्षा ११ मा अध्ययन गरिरहेको प्रमाणपत्र अपलोड गर्नुपर्नेछ । ड्ड आवेदकले कक्षा १०मा कम्तिमा ६० प्रतिशत अंक प्राप्त गरेको हुनुपर्नेछ । छात्रवृत्ति रकम तथा अवधि छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीले प्रत्येक महिना रु. २,०००का दरले यो छात्रवृत्ति पाउनेछन् ।

स्वर्ण जयन्ती छात्रवृत्ति योजना २०२३–२४ (स्नातक कोर्षका लागि) आवेदन दिन नेपालको कुनै मान्यता प्राप्त शैक्षिक संस्थामा स्नातक तह प्रथम वर्षमा अध्ययनरत नियमित विद्यार्थी हुनुपर्नेछ । आवेदकले कक्षा १२ मा कम्तीमा ७० प्रतिशत अंक ल्याएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

छात्रवृत्तिका लागि छनोट भएका आवेदकले एमबीबीएस, बीडीएस, बीई, बीटेक, बीआर्चका लागि मासिक ४ हजार र अन्य कोर्षका लागि मासिक ३ हजार रुपियाँ छात्रवृत्ति प्रदान गर्दै आएको छ । एमबीबीएस, बीडीएसका पाँच वर्ष र बीआर्चका लागि ४ अन्य कोर्षका लागि ३ वर्ष छात्रवृत्तिको अवधि रहेको छ ।

भारतीय दुतावासद्वारा छात्रवृत्तिका लागि सूचना 

 

+2 School
Counseling
Bachelors Portal