SEE Result 2082

कक्षा ११ मा छात्रवृत्ति छनोट परीक्षाका लागि आवेदन माग

छात्रवृत्ति छनोट परीक्षाको नतिजा प्रकाशन भएपश्चात् मात्र विद्यार्थी भर्ना हुन विद्यार्थीहरूमा अपिल

काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूबाट अनलाइन आवेदन माग गरेको छ ।

महानगरपालिका अन्तर्गतका सस्थागत शिक्षण सस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने उद्देश्यले आवेदन माग गरेको हो ।

इच्छुक विद्यार्थीले असार १५ गते बिहान १०ः०० बजेदेखि असार २९ गते शनिबार राती ११ः५९ बजेसम्म आवेदन दिन सक्ने महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

महानगरपालिकाले छात्रवृत्तिका लागि लिने परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ््यक्रममा आधारित १०० वटा बहुवैकल्पिक (वस्तुगत) प्रश्न सोद्ने जनाएको छ । छात्रवृत्तिका लागि छनोट परीक्षा साउन ४ गते बिहान ८ बजेदेखि १०बजेसम्म लिने सूचनामा उल्लेख छ ।

विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र सम्बन्धी अन्य विवरण पछि प्रकाशन गरिने महानगरले जनाएको छ ।

छात्रवृत्तिको नतिजा प्रकाशन भएपश्चात् मात्र विद्यार्थी भर्ना हुन विद्यार्थीहरूमा अपिल समेत गरेको छ । नतिजा प्रकाशन हुनु अगाडि नै भर्ना भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्राप्तिका लागि सहजीकरण गर्न नसकिने सूचनामा भनिएको छ ।

+2 School
Counseling
Bachelors Portal