SEE Result 2082

विशेष मौका परीक्षाका लागि माघ २४ गते भित्र आवेदन दिनु पर्ने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालयले विशेष मौका (आंशिक) परीक्षाको आवेदन फाराम माग गरेको छ ।

शैक्षिक सत्र २०७२–७३ (२०१५ इस)  सम्म रजिस्ट्रेसन कायम भएका बार्षिक तथा सेमेस्टर प्रणालीका विद्यार्थीबाट आवेदन माग गरेको हो ।

परिषद्का आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीका लागि आवेदन माग गरेको हो ।

प्रथम वर्ष प्रथम खण्ड, दोस्रो खण्ड, दोस्रो वर्ष, प्रथम खण्ड र दोस्रो खण्ड, तेस्रो वर्ष प्रथम खण्ड, दोस्रो खण्ड तथा वार्षिक परीक्षा प्रणाली अन्तर्गतका विभिन्न कार्यक्रमहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको अन्तिम परीक्षामा अनुत्तीर्ण भएका एवं प्रि(डिप्लोमा तहको हकमा शैक्षिक सत्र २०६५–०६६ देखि २०७४–०७५ सम्म (२०६५ सालदेखि २०७४ सालसम्म – २०१७ इ।स। ) सम्म रजिस्ट्रेसन कायम भई पाठ्यक्रमले निर्धारण गरेको समयावधिभित्र परीक्षा दिई अनुत्तीर्ण भएका विद्यार्थीहरूको विशेष मौका ९आंशिक० परीक्षा काठमाडौँ उपत्यकामा सञ्चालन हुने भएकोले माघ २४ गतेभित्र नियमित शुल्कमा र  फागुन ३ गतेभित्र विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सूचित गरेको छ ।

+2 School
Counseling
Bachelors Portal