SEE Result 2082

सीटीईभीटीद्वारा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा आवेदन खुला,डिप्लोमा तथा प्रि डिप्लोमाको फारम भर्ने म्याद थप

शैक्षिक सत्र २०७९–८० मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा प्रवेश परीक्षाका लागी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) पूर्ण शूल्कीय तर्फको आवेदन फाराम  खुला गरेको छ ।

परिषद्को हिजोको उपाध्यक्ष स्तरीय निर्णयबाट सञ्चालन सम्बन्धन÷स्वीकृति पाएका आङ्गिक, साझेदार तथा निजी स्तरमा सञ्चालित शिक्षण संस्थाले प्रवेश परीक्षाका लागि आवेदन खुला गरेको हो ।

डिप्लोमा  तथा  प्रमाणपत्र  तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०७९ बमोजिम पूर्ण शुल्कीय तर्फ विद्यार्थी छनोट गर्न योग्यता पुगेका व्यक्तिहरूबाट  भदौ १० गतेभित्र  रीतपूर्वक आवेदन फाराम भर्नु भराउन सूचना जारी गरेको छ । 

एसईइ, एसएलसी, प्रि–डिप्लोमा÷प्राविधिक एसएलसी. तह उत्तीर्ण भएका विद्यार्थीहरूले पेस गरेका शैक्षिक योग्यता बापत प्रदान गरिने अङ्क  र प्रवेश परीक्षामा प्राप्त गरेको अङ्कको योगफल अनुसार कार्यक्रम  र  कोटाहरूमा  योग्यताक्रमानुसार  छनोट  हुने   सूचनामा उल्लेख गरिएको छ ।

डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०७९  मा  उल्लेख भए अनुसार हुने सूचनामा उल्लेख गरिएको छ ।

प्रि–डिप्लोमा तहको फारम भर्ने म्या भदौ ९ सम्म थप

त्यस्तै, सीटीईभीटीले शैक्षिक सत्र २०७९–८० मा प्रि–डिप्लोमा तहको प्रवेश परीक्षाका लागि  पूर्ण शूल्कीय तर्फको आवेदन फाराम भर्ने म्याद थप गरेको छ ।

परिषद्का आङ्गिक, साझेदारी, टेक्स तथा निजी स्तरमा सम्बन्धन÷स्वीकृति प्राप्त शिक्षालयहरूमा प्रि–डिप्लोमा तहका कार्यक्रमहरूमा गत साउन १२ गतेको सूचना  प्रकाशित गरिएको र प्रि–डिप्लोमा  तहको  पूर्ण  शुल्कीय  तर्फको  आवेदन  फाराम  भर्ने  अन्तिम  मिति  हिजो सम्म कायम गरिएको भए पनि तोकिएको समयमा  शिक्षालयहरूमा न्यून सङ्ख्यामा आवेदनहरू प्राप्त भएको कारण शिक्षालयहरूबाट आवेदन फाराम भर्ने म्याद थप गरिदिन अनुरोध भएकोले  म्याद थप गरेको हो ।

१२ गते प्रकाशित सूचनाका सम्पूर्ण सर्तहरू लागू हुने गरी हिजोको उपाध्यक्ष स्तरीय निर्णय अनुसार भदौ ९ गते सम्म फारम भर्ने म्याद थप गरेको हो ।

 

डिप्लोमा तथा प्रमाणपत्र तहको भर्ने म्याद भदौ ९ सम्म थप

शैक्षिक सत्र २०७९–८० मा डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षाका लागि पूर्ण शुल्कीय तर्फको आवेदन फाराम भर्ने म्याद थप  गरेको छ ।डिप्लोमातथा प्रमाणपत्र तहको पूर्ण शुल्कीय तर्फको आवेदन फाराम भर्ने अन्तिम मिति साउन २६ गते सम्म तोकिएको र निर्धारित समयमा कम मात्र आवेदन आएको हुँदा आवेदन फारम भर्ने म्याद आगामी भदौ ९ गतेसम्म तोकिएको छ ।

डिप्लोमा तथा प्रमाणपत्र तहको पूर्ण शुल्कीय तर्फको आवेदन फाराम भर्ने अन्तिम भदौ ९ गतेसम्म थप गरिएको छ । 

+2 School
Counseling
Bachelors Portal