सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहका लागि आवेदन खुला

सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले  दोस्रो दीक्षान्त समारोह (२०७८) मा भाग लिन माघ १९ गते बुधबार देखि २०७८ साल फाल्गुन १९ गते बिहिबार सम्म फाराम भर्ने खुला गरेको छ ।

२०७४ असोज ०१ गतेदेखि विसं २०७८ भाद्र ३१ गतेसम्म (तद्नुसार सन् २०१७ सेप्टेम्बर १७ देखि सन् २०२१ सेप्टेम्बर १६ सम्म) मा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई फाराम भर्न अनुरोध गरेको हो ।

+2 School
Counseling
Bachelors Portal