SEE Result 2082

संस्थागत विद्यालयमा छात्रवृत्ति पाउन आजदेखि साउन १२ गते सम्म आवेदन दिनुपर्ने

काठमाडौं महानगरपालिका शिक्षा विभागले कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षाका लागि आजदेखि आवेदन लिने भएको छ । संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले छनोट परीक्षामा सम्मिलित हुन आजदेखि साउन १२ गते राति ११ः५९ बजेसम्म आवेदन दिन सक्नेछन् ।

महानगरले साउन २० गते बिहान ११ बजेदेखि १ बजेसम्म छनोट परीक्षा सञ्चालन गर्नेगरी यसअघि नै विज्ञापन गरिसकेको छ । महानगरपालिकाभित्र सञ्चालित कक्षा ११ अध्यापन गराउने निजी  शिक्षण संस्थामा अध्यापन गर्न चाहने विद्यार्थीले अनलाइन आवेदन दिनसक्ने महानगर शिक्षा विभागले जानकार िदियो ।

  महानगरपालिकाले छनोट परीक्षामा सम्मिलित  हुन चाहने विद्यार्थीले असार २८ गते बिहान १० बजेदेखि साउन १२ गते राति ११ः५९ बजेसम्म महानगरको वेबसाइटमा अनलाइन आवेदन दिनसक्ने महानगरपालिकाले पुनः सूचना जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

+2 School
Counseling
Bachelors Portal