SEE Result 2082

सुदुरपश्चिम विश्वविद्यालयका दुई संकायमा डीन नियुक्त

सुदुर पश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको डीनमा प्राडा भवानी चन्द ठकुरी नियुक्त भएका छन् ।  प्राडा ठकुरी विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्राध्यापकका रुपमा लामो समयदेखि कार्यरत रहेका थिए । 

फोटोः भवानी चन्द ठकुरीको फेसबुकबाट

त्यसैगरी सोही विश्वविद्यालयको व्यवस्थापन संंकायको डीनमा कैलाली वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राडा पदमराज जोशी नियुक्त भएका छन् ।प्राडाद्वयलाई विश्वविद्यालयले विभिन्न प्रक्रियाका माध्यमबाट छनोट गरी नियुक्त गरिएको विश्वविद्यालय प्राध्यापकसंघले जानकारी दियो ।

फोटोः पदमराज जोशीको फेसबुकबाट

 

+2 School
Counseling
Bachelors Portal