SEE Result 2082

​कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहयोग

उपप्रधानमन्त्री उपेन्द्र यादवले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक कार्यक्रम विस्तार, भौतिक पूर्वाधार, जनशक्ति तथा चिकित्सकीय उपकरणलगायत क्षेत्रमा स्वास्थ्य मन्त्रालयले उच्च प्राथमिकताका साथ सहयोग गर्ने बताउनुभएको छ । 

प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्र वाग्ले, रजिष्ट्रार विश्वराज काफ्ले, शिक्षाध्यक्ष धर्मराज श्रेष्ठ, डीन प्रा डा रेशमबहादुर राना, स्त्रीरोग विभागका प्रमुख डा किरण रेग्मीसहितको उच्च नेतृत्वसित आज मन्त्रालयमा भएको भेटमा स्वास्थ्यमन्त्री यादवले प्रतिष्ठानले सञ्चालनमा ल्याउन लागेको एमडिजिपी र एमबिबिएस कार्यक्रम सञ्चालनका लागि पूर्ण सहयोग हुने जानकारी दिनुभयो । 

प्रतिष्ठानका उपकुलपति प्रा डा वाग्लेले प्रतिष्ठानले एमडिजिपी र एमबिबिएस कार्यक्रम सञ्चालनको आवश्यक सबै तयारी पूरा गरेको जानकारी दिनुभयो । नेपाल मेडिकल काउन्सिलले ती कार्यक्रम सञ्चालनका लागि प्रतिष्ठानको तयारीका बारेमा जुम्लामा नै पुगी स्थलगत निरीक्षणसमेत गरिसकेको छ । 

+2 School
Counseling
Bachelors Portal