SEE Result 2082

स्नातक वा माथिल्लो तहको योग्यता भएकाले लाइसेन्सको परीक्षा दिन पाउने

व्यवस्थापन संकायबाट स्नातक तह वा माथिल्लो योग्यता प्राप्त व्यक्तिले (अध्यापन अनुमति पत्र) लाइसेन्सको परीक्षा दिन पाउने भएका छन् । शिक्षक सेवा आयोगले लेखा विषयको हकमा व्यवस्थापन संकायबाट स्नातक तह वा माथिल्लो योग्यता प्राप्त गरेको व्यक्तिले लाइसेन्सको दरखास्त फारम भर्न पाउने जानकारी दियो ।

आयोगले लाइसेन्सका लागि गरको दरखास्त आव्हानको सूचनामा शिक्षक सेवा आयोगको नियमावली, २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने उल्लेख गरिएको विषयमा उम्द्वारबाट सोधनी भएको हुनाले स्पष्ट पारिएको जानकारी दियो ।

आयोगका अनुसार लाइसेन्सका लागि दरखास्त फारम २०७९ वैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र जेठ ५ गतेसम्म अबिलम्ब (दोब्बर) शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने छ ।

आयोगले आगामी असार १८ सञ्चालन गर्ने परीक्षामा पहिलो पटक बस्तगत प्रश्न मात्र सोदेने गरी तीन वर्षमा नै पाठ्क्रम परिमार्जन गरेको छ ।

यसअघि आयोगले एक सय पूर्णाङ्कको अध्यापन अनुमतिपत्रको परीक्षामा ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोध्ने गरेको थियो । खस्किँदै गएको शिक्षाको गुणस्तर सुधार गर्न भन्दै आयोगले यो वर्ष बस्तुगत प्रश्नमात्र सोध्ने गरी पाठ्यक्रम तयार गरेको छ ।

हिले लागू भएको नयाँ पाठ्यक्रममा शिक्षा प्रणाली, सिकाइ र बालमनोविज्ञान, गुणस्तरीय शिक्षा, कक्षाकोठा व्यवस्थापन, शैक्षिक सुशासन, सूचना तथा प्रविधिलगायतका विषय समेटेर पाठ्यक्रम तयार गरेको छ ।

आयोगको विशिष्टीकरण तालिका अनुसार परीक्षामा ५० वटा बस्तुगत प्रश्न सोधिनेछ । एउटा प्रश्नको अङ्क भार दुई अङ्क तोकेको छ । । आयोगले अहिलेसम्म प्रावि निमावि र मावि तहमा गरी ७ लाख भन्दा बढीलाई शिक्षक लाइसेन्स प्रदान गरिसकेको छ ।

+2 School
Counseling
Bachelors Portal