SEE Result 2082

विद्यालय नर्स कार्यक्रम विस्तार गर्दै बागमती प्रदेश सरकार

बागमती प्रदेश सरकारले विद्यालय नर्स कार्यक्रम विस्तार गरी कक्षा सम्म सञ्चालन भएका सबै  विद्यालयमा विस्तार गर्ने भएको छ । आगामी आर्थिक वर्षभित्र कक्षा १२ सम्म सञ्चालन भएका प्रदेशका सबै माध्यमिक विद्यालयमा पुऱ्याइने सरकारको २०८०–८१ को नीति तथा कार्यक्रम उल्लेख गरेको छ।

विद्यालय नर्सको छनोट सम्बन्धित स्थानीय तहबाट गर्ने व्यवस्था मिलाइने नीतिमा उल्लेख छ ।  प्रादेशिक शिक्षा नीति तथा एकीकृत बालविकास र शिक्षा सम्बन्धी रणनीति तर्जुमा गरिने उल्लेख गरेको छ ।

संघ र स्थानीय तहसँगको सहकार्यमा स्थानीय तहमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयन गर्न प्रोत्साहन गर्ने उल्लेख गरेको छ । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न पाठ्यक्रम, विद्यार्थी र शिक्षक केन्द्रित आवश्यक नीति तय गरी कार्यान्वयनमा ल्याइने नीतिमा उल्लेख छ ।

विद्यालयको भौतिक पूर्वाधार विकासलाई निरन्तरता दिई सामुदायिक विद्यालयहरूको शैक्षिक पक्षको सुदृढीकरण गरिने उल्लेख गरेको छ।  विद्यालयहरूमा विद्युतीय हाजिरी प्रणाली लागु गरिनेछ। सामुदायिक क्याम्पसहरूको संस्थागत सुदृढीकरणका लागि प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा भनिएको छ।

पिछडिएको वर्गका लागि विशेष कार्यक्रम

अल्पसङ्ख्यक, लोपोन्मुख, अति सीमान्तकृत, दलित र आर्थिक रूपमा विपन्न समुदायका छात्रछात्राको शिक्षामा पहुँच अभिवृद्धि गर्नका लागि विशेष कार्यक्रम सञ्चालन गरिने नीति सार्वजनिक गरेको छ ।

प्रविधिमैत्री गुणस्तरीय शिक्षामा जोड

 सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकको पेशागत विकास मार्फत् प्रविधिमैत्री गुणस्तरीय शिक्षामा जोड दिइने उल्लेख गरेको छ।

तालिम प्रदायक संस्थाहरूको संस्थागत क्षमता अभिवृद्धि गरिने, सामुदायिक सिकाइ केन्द्रहरूलाई सामुदायिक पुस्तकालयको रूपमा विकास गर्दै लगिने उल्लेख गरेको छ ।

प्रदेश विश्वविद्यालयको स्थापना

समय सापेक्ष प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्न प्रदेश विश्वविद्यालयको स्थापना गरी उत्कृष्ट प्राज्ञिक केन्द्रको रूपमा विकास गर्ने नीति लिइने भनेको छ।  सार्वजनिक नीतिको अध्यापन तथा बहसका लागि शैक्षिक संस्था स्थापना गर्न लागि सम्भाव्यता अध्ययन गरिने घोषणा गरेको छ ।

संघीय शासन प्रणाली अनुसन्धान गर्ने सम्बन्धमा अध्ययन तथा अनुसन्धानकर्ताहरूलाई प्रोत्साहन गरिने नीतिमा उल्लेख गरेको छ। प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार र प्रवर्धन गर्ने। “सिक्दै कमाउँदै कमाउँदै सिक्दै” कार्यक्रमलाई सामुदायिक विद्यालयमा विस्तार गरिने उल्लेख गरेको छ।

“सीप सिकौं, स्वरोजगार बनौं” भन्ने आदर्श वाक्यलाई मूर्त रूप दिन प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम परिषद् गठन गरी प्रदेशका व्यावसायिक तथा सीप विकास तालिम केन्द्रहरू सो परिषद् मातहत सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

+2 School
Counseling
Bachelors Portal