SEE Result 2082

बाँकेमा ‘कन्या मुद्दती शिक्षा कार्यक्रम’ लागू

बालविवाह न्यूनीकरण तथा बालिका शिक्षामा सहयोग पु¥याउने उद्देश्यका साथ बाँकेका एक स्थानीय तहले ‘कन्या मुद्दती शिक्षा कार्यक्रम’ लागू गरेको छ ।

छोरीलाई विद्यालय पु¥याउन र बिहेवारी २० वर्षपछि मात्र गराउन डुडुवा गाउँपालिकाले गत साउन १ यता जन्मिएका बालिकाको हकमा यस्तो कार्यक्रम लागू गरेको हो । गाउँपालिकामा रहेका छ वडाका हरेक बालिकाको नाममा कन्या मुद्धति शिक्षा कार्यक्रम लागू गरिने भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताउनुभयो । “गाउँमा धेरै बालिका विद्यालय बाहिरै छन्”, उहाँले भन्नुभयो, “अभिभावकलाई राम्ररी कुरा बुझाउन सके यसले विद्यालय आउने बालिकाको संख्या बढ्छ र बालविवाह पनि रोकिन्छ ।”

सो कार्यक्रमका लागि यो वर्ष रु १५ लाख बजेट छुट्याएको छ । बालिका अस्पतालमा जन्मिएको हुनुपर्ने, जन्मदर्ता बनाउनुपर्ने तथा वडा कार्यालयको सिफारिश भएको बालिकाको हकमा कन्या मुद्धति शिक्षा कार्यक्रम लागू हुनेछ । डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले मधेशी समुदायमा छोरीलाई सानैमा विवाह गरी पढ्न नपठाउने अवस्था कायमै रहेकाले छोरी भएर पढ्न पाउने मौलिक अधिकार प्रत्याभूति दिलाउन यो कार्यक्रम अघि सारिएको बताउनुभयो ।

शिक्षा पाउने मौलिक अधिकार प्रत्याभूत गराउन ल्याइएको कार्यक्रमअन्तर्गत खोलिने यस्तो खाताको रकम भने एसईई पास गरेका छोरीले उच्च शिक्षाका लागि खर्च गर्न पाउने छन् । ‘बेटी पढाऊ’ नीति तथा कार्यक्रमअन्तर्गत गाउँपालिकाका सबै वडामा जन्मिने नवजात छोरीका नाममा मुद्धति खाता सञ्चालन गरिदिन लागेको उहाँले बताउनुभयो । “यहाँ छोरी जन्मिदै विवाहको कुरा हुन्छ, विवाहका कारण उनीहरुले पढ्नसमेत पाउँदैनन्”, अध्यक्ष चौधरीले भन्नुभयो, “कम्तीमा छोरी एसइईसम्म पढ्न पाऊन्, त्यसपछि २० वर्षपछि विवाह हँुदा उनको नाममा बैंक बचत हुन्छ ।”

पहिलो चरणमा साउन १ गतेदेखि जन्मिने हरेक बालिकाको नाममा रु पाँच हजार तथा अभिभावकको पाँच हजार गरी १० हजारको मुद्धति खाता सञ्चालन गरिन लागेको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले खाताको रकम बालिका २० वर्ष पुगेर नागरिकता प्रमाणपत्र प्राप्त गरेपछि उसैलाई हस्तान्तरण गरिदिने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।

“योजना कार्यान्वयन भएपछि बालिका जन्मिनेबित्तिकै अभिभावकलाई विवाहको चिन्ता हँुदैन”, अध्यक्ष चौधरीले भन्नुभयो, ‘बालिका हुर्किएपछि एसइईपछि पठनपाठनका लागि खर्चको अभाव रहँदैन ।”

यो कार्यक्रम बालिका शिक्षासँगै सरकारी स्वास्थ्य संस्थाले दिने सेवाका लागि पनि प्रभावकारी भएको स्थानीय वुद्धिजिवीको भनाइ छ । छोरीलाई उच्च शिक्षा पढाउन सहयोग पुग्ने भएकाले यो कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव उनीहरुको छ । विसं २०६८ को जनगणनाअनुसार डुडुवामा ३७ हजार ४७० जनसङ्ख्या रहेको छ 

+2 School
Counseling
Bachelors Portal