SEE Result 2082

बारबर्दियाले उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्ने विद्यार्थी भेटेन

 

बारबर्दिया नगरपालिकाले प्राविधिक तर्फका तीन विषय इन्जिनियरिङ, एमबीबीएस र सिए विषयमा छात्रवृत्ति प्रदान गर्न यो वर्ष विद्यार्थी फेला पार्न सकेको छैन ।

छात्रवृत्तिका लागि पालिकाले यस अघि दुईपटक सम्म सूचना प्रकाशित गरिसकेको छ । निर्धारित समयमा कुनै विषयमा पनि विद्यार्थीले आवेदन नदिएपछि पुन पालिकाले सातदिनको म्याद थप गरी सूचना जारी गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) सामुदायिक विद्यालयबाट उत्तीर्ण गरेको हुनुपर्ने एसईई देखि नै बारबर्दियाको स्थायी बासिन्दा भएको हुनुपर्ने मापदण्ड निर्धारण गरेको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकानाथ गोसाईंका अनुसार ‘जनतासंग नगरप्रमुख कार्यक्रम’ अन्तर्गत स्थानीय स्तरबाट नै आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको छात्रवृत्तिका लागि अहिलेसम्म एक जना विद्यार्थीले पनि आवेदन दिएका छैनन् । पालिकाभित्र निजी विद्यालयबाट प्राविधिक शिक्षा अन्तर्गत लागु गरिएको यो कार्यक्रम इन्जिनियरिङ, एमबीबीएस र सिए पढ्ने विद्यार्थी भेटिए पनि सामुदायिकका विद्यार्थीले आवेदन दिएका छैनन् ।

+2 School
Counseling
Bachelors Portal