SEE Result 2082

आधारभूत तहको परीक्षा तालिका धमाधम सार्वजनिक गर्दै स्थानीय तह

राष्ट्रिय परीक्षा बोर्डले केही दिन अघि मात्र माध्यमिक शिक्षा परीक्षा कक्षा १० देखि १२ सम्मको परीक्षा तालिका सार्वजनिक गरेपछि स्थानीय तह सो परीक्षा अगावै आफूले सञ्चालन गर्ने आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) को तालिका सार्वजनिक गर्न थालेका छन् ।

पालिका स्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा व्यवस्थापन समितिको बैठक बसी धमाधम मिति र परीक्षा शुल्क निर्धारण गर्न थालेका हुन् ।

यसैक्रममा काठमाडैं महानगरपालिकाले आगामी जेठ तीन गतेदेखि ११ गतेसम्म सो तहको परपरीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ ।

महानगरले आफ्नो मातहतमा सञ्चालित संस्थागत विद्यालयहरुलाई प्रति विद्यार्थी परीक्षा शुल्क बापत रु .३०० नवल बैंकको महानगर आय खाता नं ०३०६०१७५००१४७ मा जम्मा गरेको भौचर स्रोत व्यक्तिलाई चैत्र मसान्तसम्म बुझाउनहन निर्देशन दिएको छ ।

संस्कृत, वेद विद्याश्रम र अन्य धार्मिक प्रकृतिका विद्यालयहरुले पाठ्यक्रमले तोकेका अनिवार्य विषयहरु जेठ १३ गतेसम्म प्रत्येक दिन १०० पूर्णाङ्कमा नबढ्ने गरी विद्यालय आफैले विषयहरु एकिन गरी परीक्षा लिने व्यवस्था गर्ने समेत सम्बन्धित विद्यालयलाई महानगर शिक्षा विभागले निर्देशन दिएको छ । ।

त्यसैगरी गोकर्णेश्वर नगरपालिकाले पनि आधारभूत तहको परीक्षा तालिका सार्वजनिक गरेको छ । गोकर्णेश्वरले पनि आगामी जेठ ६ गते देखि १४ गते सम्ममा परीक्षा सक्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ ।

+2 School
Counseling
Bachelors Portal