SEE Result 2082

काठफोर्ड इन्टरनेसनल कलेजमा बीबीए प्लस र बीबीएम प्लसको कक्षा सञ्चालन गरिने

ललितपुरको बालकुमारी स्थित काठफोर्ड इन्टरनेसनल कलेजले बीबीए प्लस र बीबीएम प्लसको कक्षा सञ्चालन गर्ने भएको छ। मंगलबार विशेष कार्यक्रमका विच  बीबीए प्लस र बीबीएम प्लसको अध्ययन तथा अध्यापन सुरु गरिएको कलेजले घोषणा गरेको छ।

नेपालका प्राज्ञिक क्षेत्र, निजी क्षेत्रका व्यक्तित्व, विद्यार्थी र अभिभावकको सहभागिताका विच कार्यक्रम को शुभारम्भ गरिएको कलेजले घोषणा गरेको छ । 

काठफोर्ड इन्टरनेसनल कलेजका प्रिन्सिपल डा. राजेन्द्र पोखरेलले सहभागीहरूलाई स्वागत गरे।

उद्घाटन पछि काठफोर्ड कलेजका व्यवस्थापन विभाग प्रमुख रोशन थापाले दुवै कार्यक्रमबारे विस्तृत जानकारी गराए। उक्त दुवै कार्यक्रममा व्यवस्थापन संकायको नयाँ विशिष्ट पाठ्यक्रमलगायत तथ्यांक विश्लेषण, क्लाउड प्रविधि, डिजिटल मार्केटिङ, वित्तीय विश्लेषण र परियोजना व्यवस्थापनबारे जानकारी गराइएको थियो।

+2 School
Counseling
Bachelors Portal