त्रिविका चार कलेजमा बीआईटीको कक्षा सञ्चालन हुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का  थप चार क्याम्पसमा ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी)का कक्षा सञ्चालन हुने भएका छन् । अमृत क्याम्पस, लैनचौर, केन्द्रीय प्रविधि क्याम्पस धरान, भैरहवा बहमुखी क्याम्पस, भैरहवाभक्तपुर बहुमुखी क्याम्पस, भक्तपुरमा बीआईटीको कक्षा सञ्चालन हुने भएको हो ।

हरेक क्याम्पसमा एक सेक्सनमा ३६ जना विद्यार्थीलाई दिवा सिफ्टमा कक्षा सञ्चालन गर्नेगरी विज्ञान तथा प्रविधि अध्ययन संस्थान विद्यापरिषद् स्थायी समितिले अनुमति दिने निर्णय गरेको त्रिविका सूर्यप्रसाद अधिकारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

सो कार्यक्रम त्रिविको थप आर्थिक दायित्व नपर्ने गरी शैक्षिक सत्र ०७७÷७८ देखि कार्यान्वयन हुनेगरी त्रिविले आफ्ना आंगिक क्याम्पसलाई स्वीकृति दिने निर्णय गरेको हो ।

+2 School
Counseling
Bachelors Portal