SEE Result 2082

साउन मसान्तसम्म भर्ना लिन बोर्डको निर्देशन

विद्यालयहरूले कक्षा ११ को भर्ना साउन मसान्तसम्म कायम गर्नुपर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज सूचना जारी गरी विद्यालयहरूलाई यस्तो निर्देशन दिएको हो ।

२०७८ सालको कक्षा १० (एसईई)को परीक्षाफल साउन ११ गते सार्वजनिक भएको थियो । कतिपयले विद्यालयले भर्नाका लागि आवेदन बन्द गरिसकेका छन् भने कतिपयले थोरै समयावधि तोकेर भर्ना खुला गरेका छन् ।

छोटो समयको म्याद राखी विद्यालय तथा क्याम्पसले भर्नाका लागि आवेदन माग गरेको भन्दै बोर्डले दुर्गम क्षेत्रका विद्यार्थी भर्नाबाट वञ्चित हुने हुँदा नतिजा सार्वजनिक भएको न्यूनतम १५ दिनसम्म आवेदन दिनसक्ने गरी भर्ना कार्यक्रम तय गर्न निर्देशन दिइएको छ । बोर्डले साउन मसान्तसम्म विद्यार्थी भर्ना लिने व्यवस्था मिलाउन भनेको छ ।

बोर्डले यो व्यवस्था कार्यान्वयन गर्न सबै स्थानीय तहले पालिकाअन्तर्गतका विद्यालयमा समन्वय र सहजीकरण गरी विद्यार्थी भर्ना र कक्षा सञ्चालन लगायतका कार्य गराउन भनेको छ । उपत्यकाका कतिपय विद्यालयले आगामी साताबाट कक्षा ११ को कक्षा सञ्चालन सुरु गर्ने गरी तालिका तयार गरिसकेका छन् ।    

 

+2 School
Counseling
Bachelors Portal