SEE Result 2082

बोर्डद्वारा कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धिका परीक्षा आवेदन भर्न सूचना जारी

राष्ट्रिय परीक्षा बोर्ड कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धिका परीक्षार्थीहरूलाई आगामी माघ २१ गते भित्र नियमित शुल्कमा परीक्षा आवेदन फाराम भर्न सूचना जारी गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले एक सूचना जारी गरी परीक्षा शुल्क बापतको रकमनिर्धारितसमयभित्र रकम दाखिला गर्न छुटेका परीक्षार्थीहरूले माघ मसान्तभित्र बिलम्ब शुल्क सहित रकम सहित फारम भर्न सूचित गरेको छ ।

सम्बन्धन प्राप्त माध्यमिक विद्यालय रक्याम्पसमा कक्षा ११ मा अध्ययन गरी ग्रेडिङ्ग पद्धतितर्फ ९रजिष्ट्रेशन नम्बरका शुरुका दुई अड्क ७४ वा ७५ वा ७६ भएका० कुनै विषयमा सी वा सो भन्दा तलको ग्रेड प्राप्त गरी ग्रेडवृद्धि परीक्षामा सामेल हुनुपर्ने ९शैक्षिक प्रमाणपत्र नलिएका० परीक्षार्थीहरु तथा आंशिक ९अकाङ्कन पद्धति० तर्फका ९रजिष्ट्रेशन नम्बरका शुरुका दुई अङ्क ७१ वा ७२ वा ७३ भएका र हालसम्म कुनै विषयमा उत्तीर्ण हुन नसकेका विद्यार्थीहरू० परीक्षार्थीहरूले २०७९ सालमा सञ्चालन हुने परीक्षाका लागि परीक्षा आवेदन फारम भर्न सूचित गरेको हो ।

सम्बन्धित विद्यालयरक्याम्पसहरुले विद्यार्थीहरुले भरेको फाराम संकलन गरी रकम बुझाएको बैंक भौचरसहित २०७८ फागुन ७ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फाराम बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal