SEE Result 2082

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी विश्व टपर

द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा खत्री विश्व टपर बन्न सफल भएकी छिन् ।

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी खत्रीले ‘ट्याक्सेसन’ विषयको परीक्षामा विश्वस्तरिय नतिजा ल्याएकी हुन् ।

गत जुन महिनामा सम्पन्न ट्याक्सेसन विषयको परीक्षामा ९४ प्रतिशत अंकसहित खत्री विश्वकै शीर्ष तीनमा पर्न सफल भएकी हुन् । ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीहरुले निरन्तर रुपमा विश्वस्तीिय नतिजा ल्याइरहेका छन् ।

यसअघि सन् २०२३ को जुन महिनामा भएको ट्याक्सेसन विषयको परीक्षामा दिपांशु थापाले ९८ प्रतिशत अंक ल्याएर विश्वकै दोस्रो स्थान हाँसिल गरेका थिए भने ९७ प्रतिशत अंक ल्याएर हर्षवर्धन शाह तेस्रो भएका थिए ।

त्यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिक बिजनेश रिपोर्टिङ’ विषयमा ९१ प्रशित अंक ल्याएर दोस्रो स्थान हाँसिल गरेका थिए । रिया मानन्धर र रेजिका महर्जन दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए ।

विश्वस्तीिय नतिजा प्राप्त गरेपछि खुसी व्यक्त गर्दै खत्रीले शिक्षक तथा कलेजमा आबद्ध सम्पूर्णलाई धन्यवाद दिइन् । आफ्नो उपलब्धिबारे प्रतिक्रिया दिँदै खत्रीले भनिन्, ‘पछिल्लो समय विश्व बजारमा फिट हुनको लागि लचिलो विषयमा योग्यता चाहिन्छ । त्यसमध्येको एक एसीसीए शैक्षिक कार्यक्रम हो । नेपालको सन्दर्भमा ब्रिटिस कलेजले प्रदान गरिरहेको एसीसीए शैक्षिक कार्यक्रम उत्कृष्ट छ । राम्रो नतिजाको कारण ब्रिटिस कलेजले अन्तर्राष्ट्रिय रिवार्डहरु समेत पाएको छ । म यस कलेजमा सन् २०२३ को जुलाईमा भर्ना भएको हुँ । यस कलेजले विश्वस्तरिय सुविधाहरु प्रदान गर्नुको साथै यहाँका शिक्षकहरु पनि प्रतिष्ठित हुनुहुन्छ । त्यसैले इच्छुक विद्यार्थीहरुलाई पनि ब्रिटिस कलेज छनौट गर्नको लागि आग्रह गर्दछु ।’

+2 School
Counseling
Bachelors Portal