SEE Result 2082

बीएस्सीसीएसआईटीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (बीएस्सीसीएसआईटी) विषय २०७८ को प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

त्रिविद्वारा सम्बन्धन प्राप्त कलेजहरुमा पठनपाठन हुने चार वर्षे स्नातक तह अन्तर्गतको बीएस्सीसीएसआईट गत फागुन ७ गते गते संचालन भएको प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

त्रिविले प्रवेश परीक्षाको नतिजाको योग्यताक्र अनुसारको नामावली प्रकाशन गरेको छ । प्रवेश परीक्षामा सम्मिलित भई उत्तीर्ण भएका सो विषय पढ्न इच्छुक विद्यार्थीहरुलाई त्रिविको webpage https://www.tuiost.edu.np मा रहेको लिंक प्रयोग गरी आफू पढ्न  ईच्छुक क्याम्पस–कलेजहरुको प्रायोरटी फारम भर्न सूचित गरेको छ । प्रायोरटी फारम भर्दा परीक्षार्थीले आ–आफ्नो स्कोरसिट डाउनलोड गर्नु पर्ने सूचनामा  उल्लेख छ ।  

विद्यार्थीले आवेदनमा नै आफूले पढ्न खोजेको क्याम्पसमा  १० ओटासम्म रोज्न पाउने डीन कार्यालयले जानकारी दियो । भर्ने अवधि फागुन १३ गते १० बजे देखि १९ गते अपरान्ह ५ बजे सम्म तोकेको छ । यस अवधिमा जति पटक पनि प्राथमिकताक्रम सच्याउन सकिने प्रावधान गरेको छ। भर्नाको लागि प्रथम सूची प्रकाशन भने त्रिविले आगामी फागुन २२ गते १० बजे सम्मा गर्ने जनाएको छ । 

नतिजासहित

+2 School
Counseling
Bachelors Portal