SEE Result 2082

टीकापुरमा बालविकास शिक्षक र सेनिटरी प्याडका लागि बजेट विनियोजन

कैलालीको टीकापुर नगरपालिकाले आगामी वर्षका लागि रु ७१ करोड १४ लाख ५६ हजार ५० बजेट विनियोजन गरेको छ । नगरपालिकाले विनियोजित बजेटमध्ये चालुतर्फ रु ४५ करोड २४ लाख ११ हजार ७ सय ४९ तथा पूँजीगततर्फ रु २५ करोड ८३ लाख ४४ हजार तीन सय विनियोजन गरेको छ ।     

नगरपालिकाको बजेटमा स्थानीय तहले बालविकास शिक्षिकालाई थप प्रोत्साहनका लागि रु १६ लाख ३२ हजार, सेनेटरी प्याड खरीदका लागि रु ५२ लाखसहित शिक्षा क्षेत्रमा रु २२ करोड ३९ लाख ५२ हजार सात विनियोजन गरेको उपप्रमुख केशरी रावलले जानकारी दिए ।

सरकारले सञ्चालन गरेको दुवै कार्याक्रम प्रभावकारी देखिएकाले स्थानीय सरकारले बजेटमा शिक्षालाई प्राथमिकतामा राखेको छ । ‘बालविकास शिक्षकको पारिश्रमिक अत्यन्यै न्यून भएकाले उनीहरुलाई केही राहात पुर्याउने उद्देश्यले बजेटमा यी दुुवै कार्यक्रमलाई समेटेका हौं ।’ उपप्रमुख रावलले भने, ‘सेनिटरी प्याड वितरणपछि कक्षा छाड्नेको दर कम भएका कारण यसलाई प्राथमिकतामा राखेका हौं ।’

+2 School
Counseling
Bachelors Portal