SEE Result 2082

बुटवलको लुम्बिनी वाणिज्य पुनः उत्कृष्ट सामुदायिक  क्याम्पस घोषित

 रुपन्देही जिल्लाको बुटवलमा रहेको लुम्बिनी वाणिज्य क्याम्पस देशभरका सामुदायिक क्याम्पसहरु मध्ये पुनः उत्कृष्ट क्याम्पस घोषित भएको छ ।

सामुदायिक क्याम्पसहरु मध्ये २०७५ सालमा नेपालकै उत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सम्मानित लुम्बिनी वाणिज्य क्याम्पस राष्ट्रिय शिक्षा दिवस–२०८० को अवसरमा पुनः उत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा सम्मानित भएको हो ।

नेपाल सरकारको नीतिलाई आत्मसात गर्दै उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा प्रमाणपत्र तथा दुई लाख पचास हजार रुपियाँसहित प्रज्ञा भवन काठमाडौंमा आयोजित एक समारोहका बिच कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले  प्रमाणपत्र प्रदान गरे ।

सम्मान ग्रहण गरेपछि प्रतिक्रिया दिदै क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले राष्ट्रकै अग्रणी शैक्षिक संस्थाको रुपमा रहेकोे क्याम्पसले यस प्रकारको पुरस्कार पटकपटक प्राप्त गर्नुमा विद्यार्थी, अभिभावक, प्राध्यापक, कर्मचारी र सरोकारवाला सबैको योगदान रहेको बताए ।

 

पुरस्कार ग्रहणका लागि क्याम्पस सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु, क्याम्पस प्रमुख, प्राध्यापक, कर्मचारी र स्ववियुको प्रज्ञा भवनमा उल्लेखनिय उपस्थिति रहेको थियो । व्यवस्थापन विषयमा विशिष्टिकृत लुम्बिनी वाणिज्य क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट क्यू.ए.ए.को तेस्रो चक्रमा प्रवेश गरेको छ भने प्रदेश सरकार लुम्बिनी प्रदेशको तर्फबाट २०७६ सालमा प्रदेश प्रज्ञा पदक द्घितीयबाट समेत विभूषित भइसकेको छ ।

+2 School
Counseling
Bachelors Portal