त्रिवि सेवा आयोगद्वारा दरखास्त आव्हान

 त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ। आयोगले आज गोरखापत्रमा सूचना प्रकाशन गरी दर्खास्त आह्वान गरेको हो।

आयोगले विश्वविद्यालयका विभिन्न निकायहरुका लागि मुख्य प्रशिक्षक, वरिष्ठ प्रशिक्षक, प्रशिक्षक र उप( प्रशिक्षक पदको लागि दर्खास्त आह्वान गरेको छ। उक्त पदमा आयोगले आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि विज्ञापन गरेको जनाएको छ।

प्रतिस्पर्धामा दर्खास्त दिन चाहनले उमेदवारहरुले २०७९ बैशाख २७ गते सम्म नियमित शुल्कमा र र दोब्बर दस्तुर तिरी जेठ ३ गते राती १२ बजे सम्म त्रिवि सेवा आयोगको वेबसाईटमा अंकित अनलाइन् फारम भर्न सकिने जनाएको छ।

+2 School
Counseling
Bachelors Portal