SEE Result 2082

डिप्लोमा तथा प्रमाणपत्र तहका २९१३ जनालाई छात्रवृत्ति प्रदान गर्नेगरी सीटीईभीटीद्वारा आवेदन माग

प्राविधिक  शिक्षा  तथा  व्यावसायिक  तालीम  परिषद् (सीटीईभीट) ले २ हजार ९१३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेगरी वर्गीकृत (निःशुल्क) छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

छात्रवृत्तिमा सीटीईभीटीका कार्यक्रममा  सहभागी हुन चाहने प्रशिक्षार्थीले साउन २९ गते आइतबारभित्र  रीतपूर्वक आवेदन दिनुपर्ने छ ।

डिप्लोमा  तथा  प्रमाणपत्र  तहका शैक्षिक  कार्यक्रमहरूमा शैक्षिक सत्र २०७९–०८० मा “डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७९” बमोजिम आवेदन माग गरेको हो ।

परिषद्बाट सञ्चालन सम्बन्धनस्वीकृति प्राप्त आङ्गिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा निर्धारण गरिएका वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा भर्नाका लागि प्रमाणपत्र तह नर्सिङ बाहेक तपसिल बमोजिम योग्यता पुगेका विद्यार्थीले आवेदन दिन सक्ने आज प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

न्यूनतम योग्यता पुगेका आवेदकहरूले अनलाइनबाट प्रवेश परीक्षा शुल्क तिरी अध्ययन गर्ने शिक्षालयहरू प्राथमिकीकरण  र परीक्षा केन्द्रको जिल्लाहरू छनोट गरी अनलाइन एपिलिकेसन फारम भर्नुपर्ने आज प्रकशित सूचनामा  उल्लेख गरिएको छ ।

निर्देशिका अनुसार प्रत्येक शैक्षिक संस्थामा अध्यापन गराउने २० स्वीकृत कोटा पाएको शिक्षण संस्थाले प्रत्येक शैक्षिक कार्यक्रममा एक, ३०  सिट पाएकाले प्रत्येक शैक्षिक कार्यक्रममा  दुई, ४० पाएकालेले तीन र ४८ सिट पाएका शैक्षिक संस्थाले हरेक कार्यक्रमका  लागि ४ सिट छात्रवृत्तिका  लागि छुट्याउनु पर्नेछ । सोही अनुसार परिषद्ले आवेदन माग गरेको हो ।

परिषद्का प्रत्येक आङ्गिक, साझेदारी, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम  र निजी स्तरमा सञ्चालित शिक्षालयहरूमा शैक्षिक सत्र २०७९–८० का लागि कार्यक्रम सञ्चालन गर्न सम्बन्धन स्वीकृत पाएका प्रत्येक शैक्षिक कार्यक्रममा न्यूनतम योग्यता पुगेका नेपाली नागरिकलाई भर्ना सम्बन्धी निर्देशिकाको दफा १४ अनुसार निर्धारित कुल सङ्ख्यालाई १०० प्रतिशत कायम गरी उक्त सङ्ख्यालाई ५०–५० प्रतिशतमा साधारण  र लक्षित वर्ग गरी दुई समूहमा विभाजन गरी दफा १५ (ग) मा उल्लेख भए बमोजिमको सङ्ख्यामा निःशुल्क छात्रवृत्ति प्रदान गरिने सूचनामा उल्लेख छ ।

साधारण समूहका लागि कायम गरिएको सिटसङ्ख्यालाई शतप्रतिशत कायम गरी योग्यता पुगेका नेपाली नागरिकहरूलाई निःशुल्क (वर्गीकृत) छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

लक्षित वर्ग समूहले तोकिए बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरूलाई उल्लेख भए बमोजिमको प्रतिशतलाई शत प्रतिशत कायम गरी निम्न कानुनमा आ रक्षित गरिएको प्रतिशतमा कार्यक्रम अनुसारको सिट सङ्ख्यामा निःशुल्क (वर्गीकृत) छात्रवृत्ति प्रदान गर्नुपर्ने छ ।

+2 School
Counseling
Bachelors Portal