SEE Result 2082

‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजना २०२४–२५ का लागि आवेदन माग (सूचनासहित)

भारतीय राजदूतावास, काठमाडौँले ‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजनाका लागि नेपालमा अध्ययनरत नेपाली विद्यार्थीबाट आवेदन माग गरेको छ । 

दुतावासले  वार्षिक पारिवारिक आय नेरु. २ लाख भन्दा कम भएका विद्यार्थीबाट अनलाइन आवेदन माग गरेको हो ।

इच्छुक विद्यार्थीले वेब पोर्टल  www.goischolarship.com.np मार्फत मंसिर ४ गते राती ११ बजेर ५९ मिनेटभित्र  आवेदन दिनुपर्ने दुतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

दुतावासको सूच्नामा ‘महात्मा गान्धी छात्रवृत्ति योजना २०२४–२५ (कक्षा ११ का लागि)  र स्वर्ण जयन्ती छात्रवृत्ति’ योजनाका लागि आवेदन माग गरेको उल्लेख छ ।गान्धी छात्रवृत्तिका लागि आवेदक नेपालको मान्यता प्राप्त शिक्षण संस्थामा कक्षा ११ मा अध्ययनतर भएको हुनु पर्ने जनाएको छ । आवेदन सहित सम्बन्धित विद्यालयको प्रधानाध्यापक वा शैक्षिक संस्थाको प्रमुखद्वारा  कक्षा ११ मा अध्ययन गरिरहेको प्रमाण अपलोड गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।

आवेदकले कक्षा १० मा कम्तिमा ६० प्रतिशत अंक प्राप्त गरेको लब्धाङ्क–पत्र अपलोड गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।  छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरुले प्रत्येक महिना नेरु।  दुई हजारका दरले छात्रवृत्ति पाउने छन् ।

कक्षा ११ को लब्धाङ्क–पत्रको प्रतिलिपिका साथै प्रधानाध्यापक वा शैक्षिक संस्थाको प्रमुखले कक्षा ११ उत्तीर्ण गरी कक्षा १२ मा गएको र अध्ययन जारी रहेको भनी रीतपूर्वक प्रमाणिकरण गरेको प्रमाणपत्र बुझाएपछि मात्र उक्त छात्रवृत्ति दोस्रो वर्षका लागि कायम हुने सूचनामा उल्लेख छ  ।

छात्रवृत्ति पाएको विद्यार्थी कक्षा ११ को परीक्षामा अनुत्तिर्ण भएमा सो विद्यार्थीले दोस्रो वर्षमा उक्त छात्रवृत्ति पाउने छैन । आवेदकहरुले आफ्नो शैक्षिक कागजात ३० नोभेम्बर २०२३ ÷ १४ मंसिर २०८० सम्म दूतावासको शैक्षिक प्रभाग वा वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतको कार्यलय वा बततबअजभभमग।पबतजmबलमग२mभब।नयख।ष्ल मार्फत बुझाउनुपर्ने सूचनामा उल्लेख छ । शैक्षिक कागजात नबुझाएको अवस्थामा सो छात्रवृत्ति रद्द हुने सूचनामा उल्लेख छ ।

त्यसैगरी स्नातक तहका लागि प्रदान गर्दै आएको ‘स्वर्ण जयन्ती छात्रवृत्ति योजना २०२२–२३’ को पनि आवेदन माग गरेको छ ।  २०८० असार १६ गतेसम्ममा  आवेदकको उमेर १७ देखि २२ को बिचमा भएका विद्यार्थीले सोही मितिमा आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

मान्यता प्राप्त शैक्षिक संस्थामा स्नातक तह प्रथम वर्षमा अध्ययनरत नियमित विद्यार्थीले आवेदन दिन सक्ने सूचनामा  उल्लेख गरिएको छ ।

आवेदकले कक्षा १२ को  नतिजामा कम्तिमा ७० प्रतिशत अंक प्राप्त गरेको हुनुपर्ने, आफ्नो वा अविभावकको नागरिकताको प्रमाणपत्र, अपांगता भएका आवेदकले स्थानीय प्रशासनबाट प्रमाणित प्रमाण पत्र आवेदनका साथमा  अपलोड गर्नु पर्ने उल्लेख गरेको छ । 

सूचना हेर्नुहोस्

+2 School
Counseling
Bachelors Portal