मास्टर्स देखि विद्यावारिधि सम्म प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन माग

मध्यपश्चिम विश्वविद्यालय (मपवि) ग्र्याजुएट स्कूल अफ हुम्यानिटिज एण्ड सोसल साइन्सले राष्ट्रपति पदक प्राप्त विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

स्नातक तहमा उत्कृष्ट स्थान हासिल गरी राष्ट्रपति पदक प्राप्त ३५ वर्ष उमेर ननाघेका विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

विश्वविद्यालयले मास्टर्स देखि विद्यावारिधि सम्मका लागि प्रदान गर्ने उक्त छात्रवृत्तिका लागि मंसिर १२ गते भित्र आवेदन दिइसक्नु पर्ने गरी सूच्ना जारी गरेको छ ।

योग्यता पुगेका विद्यार्थीले आवेदन, राष्ट्रपति पदक प्राप्त गरेको प्रमाणपत्र, ट्रान्सक्रिप्टको प्रमाणपत्र र बायोडाटा मपवि उपकुलपति कार्यालयमा वा इमेल ठेगानामा सोमबार भित्र पेश गर्नु पर्ने सूच्नामा उल्लेख गरेको छ ।

 

+2 School
Counseling
Bachelors Portal