SEE Result 2082

सीटीईभीटीद्वारा विशेष छात्रवृत्तिका लागि आवेदन माग

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले विशेष छात्रवृत्ति कार्यक्रममा प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ ।

सीटीईभीटीले साउन २३ गतेदेखि भदौं ८ गतेभित्र आवेदन दिन सूचना जारी गरेको हो । सीटीईभीटीले भदौं १६ गते बिहान ११ बजेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने सूचनामा उल्लेख गरेको  छ ।

दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका छात्राछात्रहरुलाई प्रिडिप्लोमा र डिप्लोमारप्रमाणपत्र तहमा निशुल्क अध्ययन गर्न छात्रवृत्ति कार्यक्रममा प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो ।

नपाल सरकारको बजेट तथा कार्यक्रममा व्यवस्था भए बामोजिम प्रादेशिक सन्तुलन कायम हुनेगरी दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका छात्राछात्रहरुलाई निर्धारित कोटामा प्रि डिप्लोमा १२० जना र डिप्लोमा÷प्रमाणपत्र तहमा २८० जनालाई विशेष छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ ।

त्यसैगरी प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहका छात्रछात्रलाई प्रि(डिप्लोमा र डिप्लोमा÷प्रमाणपत्र तहमा निशुल्क अध्ययनका लागि प्राविधिक शिक्षा बिशेष छाबवृत्ति कार्यक्रममा प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ ।

प्राविधिक शिक्षाको पहुँच नपुगेका ८० स्थानीय तहका प्रिडिप्लोमा ८० जना, डिप्लोमारप्रमाणपत्र तहमा १२० जना गरी २०० जनाका लागि निशुल्क अध्ययन गर्न छात्रवृत्तिका लागि प्रवेश परीक्षामा सहभागी हुन आवेदन माग गरेको जनाएको छ ।

+2 School
Counseling
Bachelors Portal