SEE Result 2082

कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग (कार्यविधि सहित)

कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आवेदन माग गरेको छ।

समितिले कार्तिक २०  गते स्वीकृत  गरेको  कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरेको हो । इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको अनुसूची - १ मा उल्लेख गरिएको ढाँचा आवेदन दिनुपर्ने छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१

सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने र ती मध्येबाट १ जनालाई प्रधानमन्त्रीले नियुक्ति दिने व्यवस्था छ । वर्तमान उपकुलपति प्रध्यापक डा. पुण्यप्रसाद रेग्मीलाई तत्कालीन प्रधानमन्त्रीले २०७७ असोज ९ गते नियुक्त गरेको थियो ।                                            

+2 School
Counseling
Bachelors Portal