SEE Result 2082

वार्षिक दिवसको अवसरमा पुरस्कृत हुन विद्याबाट आवेदन माग

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय, समन्वय महाशाखाले ६४औँ वार्षिक दिवसको अवसरमा प्रदान गरिने पुरस्कारका लागि १५ दिन भित्र आवेदन माग गरेको छ ।

त्रिविका अध्ययन संस्थान र संकाय अन्तर्गतका निर्धारित मापदण्ड पुगेका विद्यार्थीबाट आवेदन माग गरेको हो ।

सम्बन्धित क्याम्पस–कार्यालयको पत्र सहित अध्ययनसँग सम्बन्धित डिन कार्यालयमा दुई–दुई प्रति शोधपत्र, व्यक्तिगत विवरण, पासपोर्ट साइजको फोटो, नागरिकताको फोटोकपि, शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि (स्नातकोत्तर तहको ट्रान्सक्रिप्ट र ओरिजिनल सर्टीफिकेटको प्रतिलिपि) समेत संलग्न गरी आवेदन माग गरेको छ ।

सम्बन्धित डिन कार्यालयहरूमा प्राप्त भएका आवेदनहरू डनि कार्यालयहरूले ५ दिनभित्र समन्वय महाशाखामा सिफारिस सहित पठाउनु पर्ने त्रिविद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

श्री कृष्णचन्द्र रेग्मी पुरस्कारका लागि

 पुरस्कृत हुने विद्यार्थी संख्या एक रहेको छ ।विज्ञान तथा प्रविधि अध्ययन संस्थान, मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र कानून संकाय अन्तर्गतका विद्यार्थीहरूले “नेपाल सम्बन्धी” विषयमा शोधकार्य (थेसिस) गरी स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

प्रमाणपत्र सहित पाँच हजार रुपियाँ प्रदान गर्ने छ ।

श्री महेशचन्द्र मनदेवी रेग्मी पुरस्कार

पुरस्कृत हुने विद्यार्थी संख्या एक रहेको छ । मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गतका विद्यार्थीहरूले “अर्थशास्त्र वा इतिहास ू विषयमा शोधकार्य (थेसिस) गरी स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

 प्रमाणपत्र सहित बीस हजार एक रुपियाँ  नगद प्रदान गर्ने छ ।

 श्री बाबुकृष्ण रिजाल पुरस्कार

पुरस्कृत हुने विद्यार्थी संख्या एक रहेको छ । यसका लागि मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गतका विद्यार्थीहरूले “नेपाली इतिहास, संस्कृति र पुरातत्व” विषयमा उत्कृष्ट शोधकार्य (थेसिस) गरी स्नातकोत्तर तह प्रथम श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्ने छ।

प्रमाणपत्र सहित पच्चिस हजार एक रुपियाँ पुरस्कार प्रदा गर्दै छ ।

 बेलुविश्वेश्वर चटौत स्मृति पुरस्कार

पुरस्कृत हुने विद्यार्थी संख्या दुई रहेको छ । भाषा विज्ञानमा–१, पत्रकारितामा–१ जनाको कोटा रहेको छ ।

त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायका आङ्गिक क्याम्पसबाट भाषा विज्ञान र पत्रकारिता विषयमा स्नातकोत्तर तहका विद्यार्थी भर्ना समूह २०७४–२०७६ को त्रिविबाट सञ्चालित नियमित अन्तिम परीक्षासम्म कुनै पनि विषय नलागी (हरेक खण्डको एकैपटक पूरा विषय) उत्तीर्ण गरी सर्वोत्कृष्ट अंक हासिल गरेका २०७९ सालको दीक्षान्त कार्यक्रममा सहभागी वा हुन योग्य तथा ग्रेस लिष्टमा नामाङ्कन भएका विद्यार्थी हुनुपर्ने छ।

प्रमाणपत्र सहित नगद जनही पच्चिस हजार रुपियाँ  प्रदा नगर्ने छ ।

 बेलुविश्वेश्वर चटौत स्मृति पुरस्कार

का लागि आवेदन दिने विद्यार्थीहरूले शोधपत्र (थेसिस) बुझाउन नपर्ने ।

उल्लेख गरिएका सबै कागजातहरू अनिवार्य रूपमा आवेदन साथ पेस गरेको हुनुपर्नेछ ।

+2 School
Counseling
Bachelors Portal