SEE Result 2082

पाठ्पुस्तक छपाइ तथा वितरण गर्न इच्छुक संस्थालाई नवीकरण तथा सूचीकरण हुन प्रस्ताव माग

पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाइ तथा वितरण गर्न इच्छुक मुद्रक तथा वितरकहरूलाई नवीकरण तथा सूचीकरणका लागि प्रस्ताव माग गरेको छ ।

केन्द्रले  शैक्षिक सत्र २०८० का लागि कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाइ तथा वितरण गर्न इच्छुक मुद्रक तथा वितरकहरूलाई नवीकरण तथा सूचीकरणका लागि प्रस्ताव माग गरेको छ ।

पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ बमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको  पुस २९ को  निर्णयानुसार   प्रस्ताव माग गरेको सूचनामा उल्लेख गरेको छ ।

निजी क्षेत्रका मुद्रक तथा वितरकबाट छपाइ गरी बिक्री वितरण गर्ने प्रयोजनका लागि ुशैक्षिक सत्र २०७९ का लागि अनुमति पाएका फर्मरसंस्थालाई नवीकरण गर्न तथा थप सूचीकृत हुन चाहने इच्छुक मुद्रक तथा वितरकले १५ दिनभित्र  केन्द्रमा प्रस्ताव पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तकहरू विद्यालय तहका पाठ्यक्रम, पाठ्यक्रम कार्यान्वयन निर्देशिकाहरू, शिक्षक निर्देशिकाहरू, परम्परागत तथा मातृभाषाका पाठ्यपुस्तकहरू तथा सन्दर्भसामग्रीहरू, केन्द्रबाट प्रकाशित अन्य सामग्रीहरू छपाइ गर्न पाउने छन् ।

+2 School
Counseling
Bachelors Portal