SEE Result 2082

राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा गरिने अनुसन्धान परियोजना प्रस्ताव आव्हान

त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान निर्देशनालयले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा गरिने अनुसन्धान परियोजना प्रस्ताव आव्हान गरेको छ ।

सरकारवाट आ।व। २०७९–०८० को अनुसन्धान अनुदान कार्यक्रम अन्तर्गत त्रिवि अन्तर्गतका सम्पूर्ण निकायहरुवाट पन्ध्रौं पञ्चबर्षीय योजना तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने उद्देश्यले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरुमा अनुसन्धान गर्नको लागि अनुसन्धान प्रस्ताव माग गरेको हो ।

अनुसन्धान सञ्चालन सम्बन्धि मापदण्ड एवं निर्देशिका २०७८ (संशोधित) अनुसार अनुसन्धानका प्रकार, प्रस्तावको ढाँचा, मूल्याङ्कन विधि ए त्रिविद्वारा निर्देश गरे बमोजिमको हुने छ ।

कार्यविधि अनुसार आफ्नो परियोजनाको प्रकार स्पष्ट खुलाई तीन प्रति अनुसन्धान प्रस्ताव र त्यसका डिजिटल कपी मंसीर २० गते दिउँसो ४ वजे भित्र पेश गर्नु पर्ने त्रिविद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

+2 School
Counseling
Bachelors Portal