SEE Result 2082

बालविकास शिक्षकको चरित्र हत्याप्रति ध्यानाकर्षण

नेपाल बालविकास शिक्षक केन्द्रीय समितिले बालविकास शिक्षकमाथि लगाइएको आरोप झुटो भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको  जनाएको छ ।  केन्द्रीय समितिले  विज्ञप्ति जारी गर्दै झुटो आरोप लगाउने व्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको धारणा सार्वजनिक गरेको हो ।

अध्यक्ष कृष्ण कुमारी थापा मगर र महासचिव निर्मला गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा बालविकास शिक्षक केन्द्रीय समितिको चरित्रहत्या गर्ने उद्देश्यले केही स्वार्थ निहित व्यक्तिहरूले तदर्थ समिति गठन गरी बालविकास शिक्षकमाथि लगाइएको झुटा आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

नेपाल बालविकास शिक्षक केन्द्रीय समिति मूल समूह भएको बताउँदै समितिले आफ्नो विधान तयार गरिसकेको र फागुन २२ गते हुने केन्द्रीय अधिवेशनबाट पारित गर्ने र संस्था दर्ता प्रक्रिया अगाडि बढाउने विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘बालविकास शिक्षक संस्था दर्ता नगरिएको भए पनि यसको स्थापना पछि नै बालविकास शिक्षकका माग र मुद्दा सम्बोधनका क्रममा रहेको जगजाहेर नै छ । अधिवेशनको मुखमा आएर केन्द्रीय समितिमाथि झुटा आरोप लगाई सम्पूर्ण बालविकास शिक्षकहरूलाई भ्रममा पार्ने र केन्द्रीय अधिवेशन बिथोलेर हाम्रा माग र मुद्दा ओझेलमा पार्ने प्रयासप्रति सचेत रहन र २२ गते नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल, काठमाडौंमा हुने हाम्रो केन्द्रीय अधिवेशनमा सहभागी हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’

+2 School
Counseling
Bachelors Portal