SEE Result 2082

परीक्षामा मर्यदा विपरीत काम गर्ने परीक्षार्थीलाई दुई वर्षसम्म कुनै प्रतिस्पर्धामा भाग लिन नपाउने गरी कारबाही

परीक्षा हलको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक परीक्षार्थीलाई आगामी दुई वर्ष सम्म कुनै पनि प्रतिस्पर्धामा  भाग लिन नपाउने गरी शिक्षक सेवा आयोगले कारबाही गरेको छ ।

आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको परीक्षाको भिडियो बनाउने परीक्षार्थीको परीक्षा रद्द  गर्नुका साथै उक्त कारबाही गरेको हो ।आयोगले  शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २६ को उपनियम (१) अनुसार निजको निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको दरखास्त रद्द गर्ने र सोही नियमावलीको नियम ४३ अनुसार आउँदो दुई वर्षसम्म आयोगबाट सञ्चालन गरिने अध्यापन अनुमतिपत्रको परीक्षा लगायत कुनै पनि प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन नपाउने गरी रोकलगाइएको  छ ।

साउन २८ गते सञ्चालन गरेको निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा भिडियो बनाई सामाजिक सञ्जालमा हाल्ने  सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको केन्द्र नम्बर ७११ श्री त्रिभुवन मावि, बोराडाडी “ख” को केन्द्रका परीक्षार्थी संकेत नम्बर २०००८५०७, रोल नम्बर ३८७२००३१२३ का विनोद कुमार वम्मले परीक्षाको मर्यादा विपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडियो बनाई सामाजिक सञ्जालमा राखेको पाइएको हुँदा  कारबाही गरेको सूचनामा  उल्लेख गरेको छ ।

+2 School
Counseling
Bachelors Portal