केन्द्रद्वारा अभिभावक शिक्षा रेडियो कार्यक्रम प्रशारण

कोभिड-१९का कारण देशभरका बालबालिकाको पठनपाठन प्रभावित भइरहेको अवस्थामा शिक्षा तथा मानव स्रोत केन्द्रले प्रारम्भिक उमेर समूहका बालबालिकाको सिकाइलाई निरन्तरता दिन अभिभावक शिक्षा रेडियो कार्यक्रम “सिक्दै सिकाउँदै प्रशारण गर्दै आएको छ ।

प्रारम्भिक उमेर समूहका बालबालिकाका अभिभावकलाई लक्षित गरी केन्द्रले निर्माण गरेको अभिभावक शिक्षा प्याकेज तथा अभिभावकले घरमा नै गराउन सकिने सिकाइ क्रियाकलाप पुस्तिकाका आधारमा अभिभावक शिक्षा रेडियो कार्यक्रम प्रशारण गर्दै आएको हो ।

केन्द्रले तयार गरेको सूचि अनुसार बालबालिकाले आफ्नो पायक पर्ने रेडियो स्टेसनबाट देशभरका बालबालिकाले लाभ लिन सक्ने केन्द्रका शाखा अधिकृत धनसूदन चौलागाईले बताए । ‘ हालसम्मका अंकहरू युनिसेफ नेपाल तथा उज्यालो नेटवर्कको वेबसाइट (https://ujyaaloonline.com/radio-program-detail/sikdai-sikaudai) मा समेत पुनः प्रसारणका लागि राखिएको छ ।’ उनले भने, ‘ हाम्रो वेबसाइटबाट अभिभावकहरूले फाइदा लिन सक्ने वातावरण बनाई दिन हामी सबैलाई अनुरोध गर्दर्छौं ।’

 

Degrees offered in nepal
Counseling
Bachelors Portal