SEE Result 2082

रेट्रोफिटिङ वा समायोजन गर्नुपर्ने विद्यालयको विवरण पठाउन एकाईलाई केन्द्रको निर्देशन

शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाईलाई  रेट्रोफिटिङ वा समायोजनगर्नु विद्यालयको विवरण  माघ मसान्तभित्र पठाउन निर्देशन दिएको छ ।

शैक्षिक सत्र २०७७–७८ मा विद्यार्थी संख्या न्यून भएका वा अन्य कारणले स्थानीय तहबाट विद्यालय समायोजन भएका वा समायोजन गर्ने तयारी भएका विद्यालयहरुको विवरण पठाउन निर्देशन दिएको हो ।

आफ्ना जिल्ला अन्तर्गतका यस्ता विद्यालयको रेट्रोफिटिङ तथा भवन सम्बन्धी विवरण, सञ्चालित कक्षा ्र मर्मत गर्नुपर्ने वा नयाँ निर्माण गर्नुपर्ने भवन संख्या र निर्माण गर्नु पर्ने कोठा संख्या पठाउन निर्देशन दिएको छ ।

+2 School
Counseling
Bachelors Portal